सबैलाइ थाहा भएकै कुरा हो, भ्यालेन्टाइन डे फेब्रुअरी १४ मा मनाइन्छ । तर प्रणय दिवस, अर्थात "भ्यालेन्टाइन डे" लाइ किन र कसरी शुरू भयो भन्ने सायद कमैलाइ मात्र थाहा होला ।वास्तवमा "भ्यालेन्टाइन" इसाइ धर्मका एक धर्म गुरू थिए । उनको जन्म इस्वी सम्वतको तेश्रो शताब्दीमा भएको मानिन्छ ।
त्यस समयका शासक "क्लाउडियस II" ले तत्कालिन समयमा अाफ्नो राज्यमा विवाह नै निषेध गरे । विवाहले पुरूषलाइ कमजोर बनाउने हुदाँ अाफ्नो सेना कमजोर बन्न नदिने उनको धारणा थियो । सोहि समयमा भ्यालेन्टाइनले भित्रभित्रै जोडिहरू मिलाउँदै विवाह गरिदिने गर्न थाले । जब शासकले उनको बारेमा थाहा पाए, तब उनलाइ मृत्युदण्डको सजाय सुनाइयो । मृत्युदण्डको दिन सम्मका लागि जेल बस्दा भ्यालेन्टाइनको जेलकै छोरीसँग प्रेम सम्बन्ध रहन पुग्यो । र भ्यालेण्टाइनले प्रेम पत्र अाफ्नी प्रेमीका लाइ दिए, जसमा लेखिएको थियो, "Yours Valentine" अर्थात "तिम्रो भ्यालेण्टाइन" र त्यो दिन थियो १४ फेब्रुअरी ; त्यसै दिन बेलुकी उनको मृत्युदण्डको समय पनि थियो ।
EmoticonEmoticon