रोनाल्डो, अोजिल र प्रियङ्का चोपडा एउटै म्युजिक भिडियोमा [भिडियो सहित]

मोरक्कोका विश्वप्रसिद्ध सँगितकार रेडवनले रिलिज गरेको नयाँ म्युजिक भिडियोमा फुटबलका विश्व प्रख्यात खेलाडि क्रिस्टियानो रोनाल्डो, मेसट अोजिल र भारतीय अभिनेत्री प्रियङ्का चोपडासँगै देखिएका छन् । डन्ट यु निड समवडि बोलको उक्त गितमा यी तीनका अलावा जेम्स रोड्रिग्वेज, एकन, डेभिड लुइज लगायतका विश्वप्रसिद्ध खेलाडी एवम् कलाकारहरूलाइ देखाइएको छ ।

कृस्ति, निर्मलपोखरी, भरतपोखरी मोटरबाटो २२ करोडमा बन्दै

सागर राज तिमिल्सिना
पोखरा, ३१ जेठ /पोखरा १७ छोरेपाटनबाट सुरु हुने कृस्ति, निर्मल पोखरी, भरतपोखरी मोटरबाटो अर्को आर्थिक वर्ष देखि निमार्ण हुने भएको छ ।
पोखरा १७ छोरेपाटनबाट सुरु भएर कृस्ति, निर्मलपाखरी, भरतपोखरी हुदै लाम्गादीमा पुग्ने छ । करिब २२ किलोमिटरको सडक विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको हो । २२ करोडमा ठेक्का टेण्डर भई सकेको जिल्ला विकास समितिका कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।
उनले असार मसान्त सम्मामा ठेक्का सम्झौता भई सक्ने र सम्झौता भएको १५ महिनामा निर्माण पुरा हुने बताए । मोटरबाटोमा साढे चार मिटरको पिचबाटो, एक मिटर सोल्डर, ७५ सेन्टिमिटरको नाला तयार हुने बताए । उनले नाला सहित ६ मिटर २५ सेन्टिमिटरको बाटो बन्ने बताए । उनले घुम्तीहरुमा अझ एक मिटर बाटो चौडाइ बढ्ने बताए । मोटरबाटो निर्माण पछि लेखनाथबाट पोखरा आउने बाटोको विकल्प हुने छ ।


News & Images Taken from Ganthan

नेपाल अार्मीका ५ प्रमुख विमानहरू

1. Mil Mi-8
Role: Transport Helicopter/Light Ground Support




 2. HAL Dhruv
Origin: India
Role: Utility Helicopter




 3. Aerospatiale Lama (Cheetah)

Origin: India
Role: Light Utility/Light Attack


 4. Aerospatiale SA 316 Alouette III

Origin: France
Role: Light Utility




 5. Hawker Siddeley HS 748

Origin: UK
Role: Troops Transport


श्रोतः Geekyvijay

नेपालमा किन्न पाइने ५ सर्वाधिक महँगा बाइकहरू



1. Suzuki Hayabusa 1300
NRs. 22,00,000


2. Hyosung Aquilla GV650

NRs. 13,50,000


3. Kawasaki Ninja 650R

 NRs. 13,49,000


4. Hyosung GT 650N

 NRs. 10,65,900


5. Hyosung GT 650R

NRs. 11,10,900



Image Link : Google Images
Data Link: Geekvijay







नेपाली मुलका शिर्ष पाँच धनी व्यक्तिहरू

५. बलराम चैनराइ

४. अादित्य झा



३. शेष घले र जमुना गुरूङ्ग



२. उपेन्द्र महतो


१. बिनोद चाैधरी

तस्विर श्रोतः गुगल इमेेज
डाटा श्रोतः गिक्की विजय


जब युवतीले लाइभ क्रिकेट म्याचको दाैरानमै अाफ्नो वक्षस्थल देखाइन [भिडियो सहित]


ICC Cricket World Cup 2015 को दाैरानमा लाइभ क्रिकेट म्याचको दाैरानमा एक युवतीले अाफ्नो वक्षस्थल देखाएकी थिइन ।

राजपरिवार हत्यााकाण्डको भिडियो सार्वजनिक [भिडियो सहित]

नेपालको राजदरवार हत्याकाण्डको विषयलाइ लिएर युट्युबमा भिडियो सार्वजनिक भएको छ । हत्याको अवस्थालाइ डक्युमेण्ट्रि बनाएर प्रस्तुत गरिएको छ ।
४६ मिनेट १८ सेकेण्डको उक्त भिडियोमा तत्कालिन युवराज दिपेन्द्रलाइ दोषी देखाइएको छ ।



पोखराका यौनकर्मीको कमाई : मासिक २० हजारदेखि पाँच लाखसम्म

पोखराका यौनकर्मीको कमाई : मासिक २० हजारदेखि पाँच लाखसम्म

पोखरा फागुन १९– बाध्यता, प्रलोभन, आवश्यकता लगायतका विविध कारणले चाहेर वा नचाहेर यौन कार्यमा लाग्नेहरु कमाईको हिसावमा कति अघि होलान् ? पेशागत रुपमा यौन कर्ममा लागेका र केहि समयको आवश्यकतापूर्तिका लागि यस्ता कृयाकलापमा सहभागि भएका महिला तथा पुरुषहरु पोखरामा पनि छन् । यौन अखडाको रुपमा चिनिएको पोखराको बाग्लुङ बसपार्कबाट यो ब्यवसाय हटाएपछि अहिले पोखराका बिभिन्न स्थानमा छरिएको छ । पोखराका होटल , रेष्टुरेण्ट सम्पर्क स्थापित गर्ने थलोका रुपमा प्रयोग गरी आसपासको गाविस वा जिल्लासम्म गएर यौन कार्य गर्ने गरेको तथ्य सार्वजनिक भएका छन् । 

sex

थ्रि एन्जल्स नेपालको सहयोगमा महिला उत्थान तथा जागरण केन्द्र कास्कीले लामो समयको अनुसन्धानपछि सार्वजनिक गरेको प्रतिवेदन अनुसार पोखराको हेमजा, लामाचौर, भलाम, चापाकोट, पामे, सराङकोट, कास्कीकोट, ढिकुरपोखरी, लुम्ले लगायतका स्थानमा यौन गतिविधि हुने गरेका छन् । संस्थाले गरेको अध्ययन अनुसार यौन ब्यवसायमा लाग्ने यौनकर्मीले महिनामा २० हजारदेखि पाँच लाख सम्म कमाउँछन् । पोखरा उपमहानगरपालिकाको वडानम्बर १ देखि १८ सम्म गरिएको अध्ययन अनुसार ३० देखि ४० हजार मासिक कमाउने यौनकर्मीको संख्या बढी छ । जम्मा ३८० जना यौनकर्मीमा गरिएको अध्ययनमा ३० देखि ४० हजार सम्म महिनामा कमाउछु भन्नेको संख्या ३३ प्रतिशत छ । त्यस्तै २० हजार भन्दा कम कमाउने २१ प्रतिशत, २० देखि ३० हजार मासिक कमाउने १४ प्रतिशत छ भने ४० देखि ५० हजार मासिक आम्दानी गर्ने यौनकर्मीहरु २१ प्रतिशत भन्दा बढी छन् । संस्थाका अनुसार ५० हजार देखि ७५ हजार आम्दानी गर्नेको संख्या ५.७ प्रतिशत रहेको छ भने ७५ हजार भन्दा बढी कमाउनेको संख्या ३.७ रहेको छ । अध्ययनको क्रममा कुराकानीको दायरामा आएका केहिले महिनामा चार देखि पाँच लाख सम्म कमाउने गरेको समेत बताएका थिए । उनिहरु मध्ये कमाएको पैसा वचत गर्ने भन्दा ब्यक्तिगत रुपमा खर्च गर्नेको संख्या अत्याधिक छ । संस्थाले अध्ययनको क्रममा कमाएको पैसा के गर्नुहुन्छ भनी सोधेको प्रश्नमा ९१.५ प्रतिशतले आफ्नै खर्च टार्ने जवाफ दिएका थिए । त्यस्तै यौन कार्यबाट प्राप्त आम्दानीबाट पारिवारिक खर्च टार्नेहरु दोस्रो नम्बरमा छन् भने केहिले बैंक डिपोजिट गर्ने गरेको भेटिएको छ । कतिपय यौनकर्मीले विलासिताका वस्तुहरु तथा दैनिक उपभोग्य सामाग्रीहरु ग्राहकलेनै खरिद गरिदिने पनि बताएका छन् । २० हजार भन्दा कम आम्दानी गर्ने यौनकर्मीहरुको ५० प्रतिशत आम्दानी ग्राहक मिलाईदिने होटल , रेष्टुरेण्ट वा ब्यक्तिले लिने र ५० प्रतिशत मात्रै पाउने गरेको अध्ययनको क्रममा भेटिएको छ । पोखरा उपमहानगरपालिकाका १८ वडा भित्र तीन सय महिला, ५० पुरुष र ३० तेस्रोलिङ्गीमा यो अध्ययन गरिएको थियो । महिला यौनकर्मीमध्य कतिपयले दिनमा १२ पटक सम्म यौन सम्पर्क स्थापित गरेको बताएका थिए । कतिपय पुरुष ग्राहकसँग देश, विदेश घुम्न जाने र सिमित ब्यक्तिहरु सँग मात्रै सम्पर्क स्थापित गर्ने गरेको समेत भेटिएको छ । कतिपय पुरुषहरु महिलाको यौन ईच्छा पुरा गरिदिएर मनग्य आम्दानी गरी बसेको समेत भेटिएको छ । संस्थाका अध्यक्ष गिता कुमारी पौडेलले अध्ययनको क्रममा थुप्रै चुनौतीहरु आएको र प्रतिवेदन सार्वजनिक नगर्न दवावसँगै ज्यान मार्ने धम्की सम्म आएको बताइन् । प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले सबै क्षेत्रको सहयोग र सहकार्यले पोखरालाई निश्कलंकित बनाउने अभियानमा लागेको बताईन् । सचिव चमेली खातीका अनुसार सन् २०१४ देखि जारी अध्ययनको क्रममा यौनकर्मीको पारिवारिक अबस्था, शैक्षिक अबस्था, यौनकर्मीको पहुँच, आम्दानी र त्यसको परिचालन लगायतका विविध विषयलाई केन्द्रित गरिएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले पोखराबाट यौन ब्यवसाय निर्मुल पार्ने प्रतिवद्धता जनाए । उनले यौन व्यवसायको बिरुद्ध विभिन्न संघसंस्थाको सहकार्यमा विशेष अपरेशन समेत सञ्चालन गर्ने दावि गरेका छन् । यौनर्कीसँग सम्पर्क स्थापित गर्ने प्रहरी भेटिमा तत्काल जागिरबाट निकाल्ने उनले चेतावनी दिए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु संलग्नता रहेको थियो ।

Ratopati
१७ वर्षको उमेरमै दुई वटा डिग्री, नासामा जागिर

१७ वर्षको उमेरमै दुई वटा डिग्री, नासामा जागिर

moshe-kai-cavalin
१७ वर्षको उमेरमा प्रायः मानिसहरुले आफ्नो लक्ष्य र योजना तयार गरिसकेको हुन्नन् । उनीहरु यति बेला पढाई गर्दै, रमाइलो गर्दै समय बिताइरहेका हुन्छन् । तर अमेरिकाका मोसे काई काभालिनले भने कलिलो उमेरमै आफ्ना धेरै सपना साकार पारिसकेका छन् । क्यार्लिफोनियाका मोसेसँग दुईवटा डिग्री छ । उनी नासामा काम गर्छन् र उनले पुस्तक पनि निकालिसकेका छन् । उनी पाइलटको लाईसेन्स समेत लिदैँछन् । मोसे आफ्नो जीवन सधैँ कम उमेर हासिल गरेको लोभलाग्दो प्रगतिका कारण चर्चामा रहन्छन् ।


उनले ८ वर्षको उमेरमै इस्ट लस एन्जलस कलेजमा भर्ना भएका थिए । अमेरिकामा उनी कलेज पढ्ने सबैभन्दा कान्छो विद्यार्थी हुन् । उनले ९ वर्षको उमेरमै स्नातक पास गरे । उनले ९ वर्षकै उमेरमा आफ्नो आत्मकथा लेखेका थिए । उनलाई एउटै मात्र कलेज डिग्रीले पुगेको थिएन । त्यसैले १५ वर्षको उमेरमा गणिततर्फ स्नातक गर्न भर्ना भए । उनी तेस्रो डिग्री हासिल गर्नका लागि समेत यसै वर्षबाट तयारी थाल्दैछन् ।
moshe-kai-cavalin3

उनले बोस्टनको एक विश्वविद्यालयबाट साइबर सेक्युरिटीमा मास्टर्स डिग्री गर्ने सोच बनाएका छन् । तर उनी केही साता नासामा काम गर्दैछन् । उनी डोन र विमान विकास गर्ने परियोजनामा छन् । यति मात्रै होइन उनले १७ वर्षको उमेरमा आफ्नो अनुभवमा आधारित नयाँ पुस्तक निकालिसकेका छन् । विमान उडाउन सिकिसकेका मोसे यसै वर्षको अन्त्यमा पाइलटको लाईसेन्स लिनेमा छन् । उनी मार्सल आर्टस्का समेत राम्रा खेलाडी हुन् । अहिलेसम्म उनले दर्जनौँ टफी जितिसकेका छन् । शृंखलावद्ध सफलताका बाबजुद उनी आफूलाई जिनियस मान्न भने तयार छैनन् । उनी भन्छन्, मेरो केश कुनै दुलर्भ केस होइन । यो सफलता आर्कषण र प्रेरणाको परिणाम मात्रै हो । म अरुसँग तुलना हुनभन्दा आफैँ केही राम्रो गर्न चाहन्छु । मोसेका बाबुआमा उनी सानैदेखी जिज्ञासू स्वभावको रहेको बताउँछन् । मोसेका गणित शिक्षक क्षमताभन्दा पनि उनको मेहिनत गर्ने बानी महत्वपूर्ण रहेको बताउँछन् । भन्छन्, धेरैले सोच्छन् उनीमा यो क्षमता प्राकृतिक रुपमै आयो । तर त्यस्तै होइन अहिलेसम्म मैले पढाएका विद्यार्थीमध्ये उनी सबैभन्दा धेरै मेहिनत गर्ने विद्यार्थी हुन् ।

News Taken from Ratopati

मुल्य जम्मा रू. २५१ तोकिएको सँसारकै सबैभन्दा सस्तो स्मार्टफोनको विक्री शुरू, 1GB RAM, 8GB ROM विशेषता

भारतमा एउटा कम्पनीले सँसारकै सबैभन्दा सस्तो स्मार्टफोन बेच्दै छ । मुल्य तोकिएको छ, जम्मा भारतीय रू. २५१ (नेपाली रू. ४०१) । Freedom 251 नाम दिइएको उक्त मोडल February 18 को बिहान ६ बजेबाट कम्पनीको वेभसाइटमा विक्री शुरू गरिने छ । र उक्त समायावधि February 21 बेलुकी ८ बजे सम्म तोकिएको छ ।  उक्त फोनका विशेषताहरू सामान्यतः रू. १०,००० पर्ने फोन बराबरकै छ ।

  1. Android Lollipop 5.1
  2. 1.3 GHz Quad-Core Processor
  3. 3G for lightening-fast web browsing
  4. 4 inch screen
  5. 1GB RAM 
  6. 8GB Internal Memory, expandable upto 32 GB
  7. 3.2 MP Rear Camera, 0.3 MP front Camera
  8. 1450 mAH Battery
  9. 1 year warrenty
अोसन गुरूङ्गको हत्याकाण्डमा प्रहरीद्वारा नै अारोपी नाम फिर्ता लिन भन्दै दवाव दिएपछि कल रेकर्ड सार्वजनिक

अोसन गुरूङ्गको हत्याकाण्डमा प्रहरीद्वारा नै अारोपी नाम फिर्ता लिन भन्दै दवाव दिएपछि कल रेकर्ड सार्वजनिक

केहि महिना अगाडि अात्महत्या गरिएको बताइएको अोसन गुरूङ्गको विषयमा परिवारले स्वीकार नगरेपछि हत्याको छानविन माग गरेको बताइएकोमा अारोपीको नाम फिर्ता लिन प्रहरीले नै दवाव दिएको भन्दै परिवारले कल रेकर्ड सार्वजनिक गरेको छ । प्रस्तुत छ, उक्त रेकर्डको एक हिस्सा जसलाइ बिग एफ.एम. पोखराले समाचार बनाएर प्रस्तुत गरेको थियो ।


Osim Gurung Case, प्रहरीद्वारा नैफोन गरी नाम फिर्ता लिन दबाब सुन्नुहोस् त !!!कतै योरुना पुन "नेहा" को हत्या प्रकरण मा पनि यस्तै त भएको छैन ???राजनैतिक दबाब र आर्थिक चलखेल त भएको छैन ???नेहा को आफन्तहरुले पनि यस्तै प्रमाणहरु संकलन गरेर राख्नुहोला ।।।

Posted by हाम्रो प्यारो ठूलस्वाँरा on Friday, February 12, 2016

फेसबुके शैलीमा सरस्वती पूजा

भारतमा फेसबुके शैलीमा माता सरस्वतीको टाइमलाइन बनाएर पुजा गरिएको छ । टाइमलाइनमा अन्य देवीदेवताहरूको समेत अनलाइन स्टाटस तथा रिसेन्ट एक्टिभिटि समेत देखाएर दुरूस्तै पार्न खोजिएको छ ।


Game Of Thrones - Season 6 को बिस नयाँ तस्विर रिलिज

HBO ले चर्चित Game Of Thrones सिरियलको २० नयाँ तस्विर रिलिज गरेको छ । तथापी यी मध्ये कुनै तस्विरमा भने सिरियलका चर्चित पात्र John Snow लाइ भने कतै देखाइएको छैन्, जसले गर्दा अबको Season भने झन रहस्यमय बनाएको छ ।





















Game Of Thrones - Season 6 को नयाँ तस्वीर रिलिज

प्रसिद्ध अंग्रेजी टेलिसिरियल Game Of Thrones को Season 6 को पोष्टर रिलिज भएको छ । HBO ले अाफ्नो फेसबुक पेज मार्फत पोष्टर रिलिज गरेको हो । पोष्टरमा Arya Stark लाइ देख्न सकिन्छ ।

नेपाली यु१९ प्रशिक्षकमाथि छानविनको माग गर्दै पुतला जलाइयो

यु१९ विश्वकप क्रिकेटको शुरूवाती खेलहरूमा निकै नै उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले पछिल्लो चरणमा भने हार सहन बाध्य भयो । यद्धपी विगतका प्रदर्शन भन्दा यसपालीको प्रदर्शन निकै नै सफल रह्यो । तथापी नेपालका कोच जगत टमाटा र सहायक कोच बिनोद दासमाथि छानविन र कारवाहिको माग गर्दै विरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरूले पुतला जलाएका छन् । उनीहरूका अनुसार खेलाडिहरूको छनाैटमा प्रश्न उठाएका छन् ।
समाचार तथा फोटोः अनिल अधिकारीको फेसबुक बाट