यस्तो छ सामसङ्गको हेडक्वार्टरः सामसुङ्ग डिजिटल सिटि

कोरियाको राजधानी सियोलबाट दक्षिण तर्फ करिब २० माइलको दुरीमा एउटा शहर नै छ, जसलाइ सामसुङ्ग डिजिटल सिटि भनिन्छ । वास्तवमा यो शहर नै भने होइन । यो त विश्व प्रख्यात सामसङको एरिया हो, जहाँ दैनिक हजाराैं मानिसहरू अत्याधुनिक प्रविधिको विकासका लागि अाउँछन् । अाउनुहोस यसको अनाैठो लाग्दा विभिन्न १० तथ्यहरू हेराैंः

१. यसको क्षेत्रफल करिब ३९० एकड छ, जसमा करिब ३५,००० कर्मचारी दैनिक कामका लागि अाउँछन् । यहाँ ३८ तल्ला सम्मको ४ वटा ठुला ठुला विल्डिङ छन् । १३१ अन्य साना विल्डिङहरू पनि छन् ।

२. यहाँ स्वास्थ्य सम्बन्धि सम्पूर्ण सेवाहरू निशुल्क छ ।

३. ग्यालेक्सी फोनको अन्तिम परिक्षणका लागि प्रयोग हुने च्याम्बर



४. अाफ्नै प्रयोजनका लागि प्रयोगका निमित्त हेलिप्याडको समेत व्यवस्था छ ।

५. ५०० सुविधायुक्त बसबाट १०३ विभिन्न ठाउँहरूमा अाफ्ना कर्मचारीहरूको अावत जावतको लागि व्यवस्था गरिएको छ ।


६. अाफ्ना ३५ हजार कर्मचारी काममा हुदाँ उनीहरूको बालबच्चाको हेरचाहका लागि छुट्टै मन्टेश्वरीको व्यवस्था गरिएको छ । जहाँ हाल १५० भन्दा बढि शिक्षक शिक्षिका र करिब ९०० बालबच्चा छन् ।


७. उत्पादन र गुणस्तरका लागि  इन्जिनियर, डेभलपर, डिजानर हरू अाफ्नो समयानुकुल रूपमा बेलुकी ६ बज्न भन्दा पहिला जुन सुकै समयमा पनि अफिस अाउन सक्छन् । सामसङले यसलाइ WORK SMART नाम दिएको छ ।

८. कर्मचारीहरूको फुर्तिका लागि ३० फिट अग्लो climbing wall सामसङको डिजिटल सिटि भित्रै छ ।

९.  सिटिको एउटा विल्डिङमा मात्र १० वास्केटवल कोर्ट, ४ ब्याटमिण्टन कोर्ट र २ बेसबल डायमण्डको व्यवस्था गरीएको छ ।

१०.  सामसङ सिटि भित्रै सँग्रहालयको व्यवस्था गरिएको छ, जसलाइ Samsung Innovationn Museum भन्ने गरिन्छ । यसमा विगत २७० वर्ष देखिका technological evolution सम्बन्धि original डिभाइस हरू राखिएका छन् ।


EmoticonEmoticon