मुल्य जम्मा रू. २५१ तोकिएको सँसारकै सबैभन्दा सस्तो स्मार्टफोनको विक्री शुरू, 1GB RAM, 8GB ROM विशेषता

भारतमा एउटा कम्पनीले सँसारकै सबैभन्दा सस्तो स्मार्टफोन बेच्दै छ । मुल्य तोकिएको छ, जम्मा भारतीय रू. २५१ (नेपाली रू. ४०१) । Freedom 251 नाम दिइएको उक्त मोडल February 18 को बिहान ६ बजेबाट कम्पनीको वेभसाइटमा विक्री शुरू गरिने छ । र उक्त समायावधि February 21 बेलुकी ८ बजे सम्म तोकिएको छ ।  उक्त फोनका विशेषताहरू सामान्यतः रू. १०,००० पर्ने फोन बराबरकै छ ।

  1. Android Lollipop 5.1
  2. 1.3 GHz Quad-Core Processor
  3. 3G for lightening-fast web browsing
  4. 4 inch screen
  5. 1GB RAM 
  6. 8GB Internal Memory, expandable upto 32 GB
  7. 3.2 MP Rear Camera, 0.3 MP front Camera
  8. 1450 mAH Battery
  9. 1 year warrenty
अोसन गुरूङ्गको हत्याकाण्डमा प्रहरीद्वारा नै अारोपी नाम फिर्ता लिन भन्दै दवाव दिएपछि कल रेकर्ड सार्वजनिक

अोसन गुरूङ्गको हत्याकाण्डमा प्रहरीद्वारा नै अारोपी नाम फिर्ता लिन भन्दै दवाव दिएपछि कल रेकर्ड सार्वजनिक

केहि महिना अगाडि अात्महत्या गरिएको बताइएको अोसन गुरूङ्गको विषयमा परिवारले स्वीकार नगरेपछि हत्याको छानविन माग गरेको बताइएकोमा अारोपीको नाम फिर्ता लिन प्रहरीले नै दवाव दिएको भन्दै परिवारले कल रेकर्ड सार्वजनिक गरेको छ । प्रस्तुत छ, उक्त रेकर्डको एक हिस्सा जसलाइ बिग एफ.एम. पोखराले समाचार बनाएर प्रस्तुत गरेको थियो ।


Osim Gurung Case, प्रहरीद्वारा नैफोन गरी नाम फिर्ता लिन दबाब सुन्नुहोस् त !!!कतै योरुना पुन "नेहा" को हत्या प्रकरण मा पनि यस्तै त भएको छैन ???राजनैतिक दबाब र आर्थिक चलखेल त भएको छैन ???नेहा को आफन्तहरुले पनि यस्तै प्रमाणहरु संकलन गरेर राख्नुहोला ।।।

Posted by हाम्रो प्यारो ठूलस्वाँरा on Friday, February 12, 2016

फेसबुके शैलीमा सरस्वती पूजा

भारतमा फेसबुके शैलीमा माता सरस्वतीको टाइमलाइन बनाएर पुजा गरिएको छ । टाइमलाइनमा अन्य देवीदेवताहरूको समेत अनलाइन स्टाटस तथा रिसेन्ट एक्टिभिटि समेत देखाएर दुरूस्तै पार्न खोजिएको छ ।


Game Of Thrones - Season 6 को बिस नयाँ तस्विर रिलिज

HBO ले चर्चित Game Of Thrones सिरियलको २० नयाँ तस्विर रिलिज गरेको छ । तथापी यी मध्ये कुनै तस्विरमा भने सिरियलका चर्चित पात्र John Snow लाइ भने कतै देखाइएको छैन्, जसले गर्दा अबको Season भने झन रहस्यमय बनाएको छ ।





















Game Of Thrones - Season 6 को नयाँ तस्वीर रिलिज

प्रसिद्ध अंग्रेजी टेलिसिरियल Game Of Thrones को Season 6 को पोष्टर रिलिज भएको छ । HBO ले अाफ्नो फेसबुक पेज मार्फत पोष्टर रिलिज गरेको हो । पोष्टरमा Arya Stark लाइ देख्न सकिन्छ ।

नेपाली यु१९ प्रशिक्षकमाथि छानविनको माग गर्दै पुतला जलाइयो

यु१९ विश्वकप क्रिकेटको शुरूवाती खेलहरूमा निकै नै उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीले पछिल्लो चरणमा भने हार सहन बाध्य भयो । यद्धपी विगतका प्रदर्शन भन्दा यसपालीको प्रदर्शन निकै नै सफल रह्यो । तथापी नेपालका कोच जगत टमाटा र सहायक कोच बिनोद दासमाथि छानविन र कारवाहिको माग गर्दै विरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरूले पुतला जलाएका छन् । उनीहरूका अनुसार खेलाडिहरूको छनाैटमा प्रश्न उठाएका छन् ।
समाचार तथा फोटोः अनिल अधिकारीको फेसबुक बाट


जब युवतीले खुल्ला बजारमै कण्डम माग्दै हिडिन [भिडियो]

खुल्ला बजार, एक सुन्दर युवती............. र युवतीले बाटोमा हिड्ने युवकहरू सँग कण्डम माग्दै हिडिन् ।

यो सिन थियो प्राङ्कस्टर रिभाइभलको नयाँ प्रयाङ्क भिडियोको । सोसल एक्सपेरिमेण्टका लागि भन्दै सो समूहकी सदस्य सबनमले खुल्ला बजारमा कण्डम माग्दै हिडेकी हुन् ।


नेहापुनको सामुहिक बलात्कार भएको भन्दै पोखरामा हजाराैंको र्याली [भिडियो]


मृतक नेहा पुनको हत्यारासहित बलात्कारीहरूलाइ सजायको माग गर्दै निकालिएको र्याली, पोखराको महेन्द्रपुलमा ।





छोरीको कन्यादान गर्दै बाबुराम र हिसिला, को हुन हुनेवाला ज्वाई ?

छोरीको कन्यादान गर्दै बाबुराम र हिसिला, को हुन हुनेवाला ज्वाई ?

अब जनयुद्धलाई कहिलेकाहीँ सम्झनुबाहेक त्यो विचार आदर्श र व्यवहारमा नफर्किने गरी बहिर्गमित डा. बाबुराम भट्टराईले जनयुद्ध छाडेकै वर्षगाँठ अलिक फरक किसिमले अर्थात पुरानो पार्टीका तर्फबाट जनयुद्ध दिवस मनाइदने दिन फागुन १ गते छोरी मानुषीलाई अन्माएर मनाउने भएका छन् ।
सशस्त्र द्धन्द्धताका भारीय शिक्षालयमा अखिल क्रान्तिकारी नेतृको रुपमा प्रकट भएकी बाबुराम हिसिलापुत्री मानुषीले बाबुको भूगोल र आमाको समुदायका पुरुषसँग नाता गाँसेकी छन् ।
बाबु र आमाकी साझा छोरी बन्नलाई नाम पछाडि यमी भट्टराई लेख्ने उनले तनहुँका जेकेन्द्र श्रेष्ठलाई जीवनसाथी रोजेकी हुन् । उनी अहिले बाबुरामले निर्माण गरेको नयाँ शक्तिका प्रमुख मध्येका एक नेता हुन् ।
जनयुद्धमा धनीका छोराछारीलाई पनि सरकारीमै पढाउनुपर्ने एजेण्डा बोकेका बाबुराम आफ्नी छोरी ठूल्ठूला कलेजमा पठाएर विवादमा तानिएका थिए ।
स्रोतका अनुसार बाबुरामले आफ्नो छोरीको विहे धुमधामका गर्दैछन् । आफूलाई सर्वाहारा नेताले छोरीको विहेमा कतिको खर्च गर्नेहुन त्यो हेर्न बाँकी नै छ । जनआस्था साप्ताहिकमा खबर छ ।

News taken from News24

जन्मेको ५ सेकेण्डमै सेल्फी पोज दिएर यी शिशुले राखे रेकर्ड


अमेरीकामा बस्ने एक महिलाले एक शिशु लाइ जन्म दिइन र तुरून्तै सेल्फी लिइन । संयोग पनी यस्तो पर्यो की शिशुले पनि क्यामरा तिर नै हेरीरहेका थिए र हासेको जस्तो देखिन पुग्यो । सामायन्तः बच्चाहरू जन्मनासाथ रून्छन्, तर यी बच्चाले स्माइल सहित सेल्फी पोज दिएको देखिएपछि रेकर्ड नै बन्न पुगेको विभिन्न अन्तराष्ट्रिय मिडियामा चर्चाको विषय बन्न पुगेको छ ।

पोखराको बेगनासमा फेला पर्यो फेरी अर्की महिलाको लाश, विदेशी भएको अाशंका [तस्वीरहरू सहित]

संचारमाध्यममा यति बेला पोखरा निकै चर्चामा रहेको छ, कारण पछिल्ला दिनहरूमा विशेषतः महिलाहरूको शव दिनहुँ फेला पर्नुहो । नेहा हत्याकाण्डको अघि पनि पोखरामा एक महिलाको हत्या भएको थियो । नेहा हत्याकाण्ड पछि पनि पोखराको बाँझापाटन एरीयामा अर्की महिलाको शव फेला परेको थियो । त्यस्तै अहिले फेरी बेगनास तालमा डुब्दै गरेको अवस्थामा एक लावारिश शव फेला परेको छ । रिर्पोटका अनुसार महिलाको शव अझै शनाखत हुन सकेको छैन र विदेशी भएको अाशंका गरिएको छ । यसै बिच एक फेसबुक पेज ट्रोल पोखराले उक्त महिलाको बेगनासमा डुबेको शव भन्दै तस्वीर सार्वजनिक गरेको छ । हेराैं उक्त तस्वीर ।

BBC ले गर्यो नेपालका बलर सन्दिप लामिछानेको तुलना सेन वार्नसँग

बिबिसीले अाफ्नो खेल साइटमा नेपालका बलर सन्दिप लामिछानेको तुलना अष्ट्रेलियाका बलर सेन वार्नसँग गरेको छ । लामिछानेले यु १९ विश्वकपमा पाकिस्तान विरूद्ध गरेको घुमाउपुर्ण स्पिन बलिङको तारिफ गरेको हो । उक्त खेलमा लामिछानेले ३ विकेट लिदै ५३ रन खर्चिएका थिए ।

वास्तवमा यो तारिफ लामिछानेको यहि माथि तस्विरमा देखाइएको बलिङको गरिएको हो । जसले यस्तो घुमाव लियो की यु१९ विश्वकपमा कल्पना नै गरिएको थिएन । अनुभवी महान खेलाडि सेन वार्नले जस्तो बल स्पिन गर्न सकेको हुदाँ लामिछानेको तारिफ बढेको हो ।


नेहाको सामुहिक बलत्कार पछि हत्या भएको हो – आफ्न्त

सागर राज तिमिल्सिना, पोखरा, २७ माघ । नेहा भन्ने योरुना पुनका आफ्न्तले उनको हत्यामा अन्यको पनि संलग्न हुनसक्ने आसंका गरेका छन् । पुन समाज नेपाल नगर समिति पोखराले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी नेहाको बलत्कार पछि हत्या भएको बताएका छन् ।

नेहाका मामा यमप्रसाद थजाली पुनले नेहाको बलत्कार पछि हत्या भएको हुन सक्ने भन्दै छानवीनको माग गरेका छन् । ‘मृत्तको पाइन्ट र पेन्टी खोलेको अवस्थामा भेटिएको थियो,’ नेहाका मामा यमप्रसाले भने, ‘यस्तो अवस्थामा भेटीनुले सामुहीक बलत्कार पछि हत्या भएको हुनुपर्छ ।’ उनले घनटाको पुर्ण रुपमा छानविन गरि दोशीलाई कडा कार्वाही गर्न माग गरे । पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुनले घटनको पुर्ण रुपमा छानविन भए कडा अन्दोलन गर्ने चेतावनी दिए ।


समाजले नेहाको पोष्ट मार्टम रिर्पोट सार्वजनीक गर्नु पर्ने, घटनाको सुस्म तबरले छानविन गर्नु पर्ने, अनुसन्धान पछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नु पर्ने, घटना स्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परिक्षण गर्नु पर्ने, माग राखेका छन् । विहिबार समाजको नेतृत्वमा शान्तिपूर्ण दवाब मुलक ¥याली निकाल्ने भएको छ ।
¥याली पोखराको चिप्लेढुंगाबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय, पालिखे चोक, महेन्द्र पुल, नयाँ बजार, पृथ्वीचोक, सृजनाचोक हुदै जिल्ला प्रशासन कार्यालय अगाडी कोष सभा हुने समाजका अध्यक्ष चन्द्रबहादुर पुनले जानकारी दिए ।
कास्की प्रहरीले नायिका नेहा पुन हत्यामा संलग्न रहेको भन्दै पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्कीलाई पक्राउ गरेको छ । नेहाको १८ गते पोखरा १५ नयाँगाउँमा उनकै घर नजिक हत्या भएको थियो ।

News taken from Jukson.com
दुई कुला मुहानमा महिलाको शब भेटियो ।

दुई कुला मुहानमा महिलाको शब भेटियो ।

पोखरा २७ माघ ।पोखराको बाझपाटन कामना टोल १३ दुई कुला मुहान स्थित एक महिलाको शब फेला परेको छ । पर्वत जिल्ला स्थायी घर भई पोखरा १३ शान्तिमार्गमा डेरागरी बस्ने अन्दाजी ३६ बर्षिय जमुना सुवेदी मृत भेटिएकी हुन् । विहान नहरको फोहोर उठाउने ब्यक्तिहरुले फोहोर संकलनको क्रममा शब देखे पछी प्रहरीलाई खबर गरेका थिए । जमुना देबीकी छोरी १५ बर्षिय रविना सुवेदीले बिहान उठ्दा आमा नदेखे पछी खोज तलास गरेको कुरा प्रहरीलाई बताईन् ।

स्थानियका अनुसार पोखरामा डेरागरी बसेका जमुनाका श्रीमान् र छोरा रोजगारीको क्रममा भारतमा छन् । शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

News taken from Jukson

संसारको सबैभन्दा महँगो कारका लागि मेस्सीले रोनाल्डोलाइ पछि पारे

लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीच प्रतिस्पर्धा नयाँ उचाइमा पुगेको छ । प्रख्यात अंग्रजी अनलाइन ब्लिचर रिपोर्टका अनुसार लियोनल मेस्सीले संसारको सबैभन्दा महंगो कार किन्नका लागि रियल मैड्रिडका अाफ्ना प्रख्यात rival रोनाल्डोलाइ  पछि पारेका छन् ।

Alessandro Proto ले करिब  ३.२ करोड युरोका लागि 1957 फेरारी 335 एस स्पाइडर Scaglietti को बिक्री पेरिसमा बिक्री गरेको छ । कार ब्रिटिश चालक स्टर्लिंग काईले 1958 क्युबा ग्रान्ड प्रिक्स मा चलाएका थिए ।

मेस्सीले धेरै मोल लगाएपनी कार भने अरूले नै अझ बढि रकम हालेर किनेको खबर छ । यद्धपी खरिददार भने अझै खुलाइएको छैन् । मस्सी नजिकका श्रोतले भने मेस्सीको यसमा कुनै सँलग्नता नरहेको जनाएका छन् ।

स्व. कोइरालाको निधनमा यस्तो भन्दै छन् विदेशी पत्रीकाले

स्व. सुशील कोइरालाको निधनमा Today Dubai News ले यसो भनेको छ:

जब मुकेश भट्टले बुद्ध भारतमा जन्मिएको भने

भारतीय चलचित्र निर्देशक मुकेश भट्टले बुद्ध भारतमा जन्मिएको भन्दै ट्विट गरे। त्यसपछि नेपाली ट्विटर प्रयोगकर्ताहरुको बाढि नै आयो, उनलाई असलियत सिकाउनका लागि। केहि रिप्लाईहरु हेरौँ:
 

अभियुक्त सतिशको बहिनी भन्दै ममाथि दुव्र्यवहार भयोः स्नेहा

रञ्जन अधिकारी पोखरा, २६ माघ / पोखरामा माघ १८ गते राति भएको योरुना पुन नेहाको हत्याको घटनामा मुछिएका सतिश भनिने कृतन खड्गी विरुद्ध सामाजिक सञ्जालहरुमा चर्को आलोचना भईरहेको छ । उनको तस्विर शेयर गर्दै अश्लिल शब्दहरुले गाली गर्ने क्रममा निर्दोष परिवारमाथि पनि गाली गरिएका छन् ।

चार वर्षमै बाबु बितेका सतिशलाई हुर्काउने एक्ली आमाले पक्कै छोरालाई हत्यारा बनाउन चाहेका थिएनन् तर आमा जस्तो पवित्र शब्दलाई भद्धा गालीले जोडेर तिरस्कार गरिएको छ । एउटी नारीको न्यायको लागि चर्को आवाज उठाएका भन्ठान्नेहरुले आमा र उनका परिवारका दिदी बहिनी जोडेर अश्लिल गालीगलौज गर्नु भनेको हत्या भन्दा कम नहोला । शिक्षित र सभ्य ठान्नेहरुले सोच्नु जरुरी छ ।

नारी अधिकारको चर्को कुरा गरेको ठान्नेहरुले अर्को नारीको मानसिक रुपमा हत्या गरिरहेको उनीहरुले बुझ पचाए या नबुझेर गरिरहेका छन् । प्रसंग हो, अभियुक्त सतिशको बहिनी सँगको भन्दै भाईरल बनेको फोटो । आफ्नो दिदी बहिनीलाई पनि के बाँकी राखिस् होला र ? भन्दै विभिन्न पेज तथा आईडीहरुबाट निर्दोष नारीको मानसिक रुपमा हत्या गर्ने काम भईरहेको छ । र सबैभन्दा बढि केटीहरुले नै आपत्तिजनक कमेन्ट गरिरहेका छन् । केहि सभ्य व्यक्तिहरुले उनीहरुको आलोचना पनि सँगसँगै गरि रहेका छन् ।

सतिशले १५ सेप्टेम्बर २०१५ मा बहिनी भन्दै पोष्ट गरेको फोटोमा समेत केहिले आपत्तिजनक शब्द प्रयोग गरेका छन् । ति किशोरी स्नेहा मल्ल हुन् । उनी सतिशको आफ्नै बहिनी होईनन् । सतिशको साथीभाइ तथा अन्य केटीसाथीसँग पहिले राम्रो सम्बन्ध थियो । त्यसैले उनले नेहा सहित केहिलाई बहिनी नै भन्थे । स्नेहाले सामाजिक सञ्जालमा अभियुक्त सतिशसँग फोटो जोडेर नानाथरी पोष्ट आउन थालेपछि आफ्नो फेसबुक एकाउण्ट नै डिएक्टिभ गरेकी छिन् । उनले सतिश आफ्नो दाइ नभएको र आफ्नो फोटो जोडेर मनपरी शेयर नगर्न आग्रह गरेकी छन् । एउटी नारीको ज्यान लिएको रिसको नाममा अर्को नारीलाई ज्युँदै हत्या भएको महसुस हुने कुकर्म नगर्न स्नेहाले सबैसँग अनुरोध पनि गरेकी छन् ।

news taken from Jukson

अाफ्नै मृत्युदण्डको दिन प्रेमिकालाइ प्रेम पत्र दिएर शुरू भयो Valentine Day

सबैलाइ थाहा भएकै कुरा हो, भ्यालेन्टाइन डे फेब्रुअरी १४ मा मनाइन्छ । तर प्रणय दिवस, अर्थात "भ्यालेन्टाइन डे" लाइ किन र कसरी शुरू भयो भन्ने सायद कमैलाइ मात्र थाहा होला ।

वास्तवमा "भ्यालेन्टाइन" इसाइ धर्मका एक धर्म गुरू थिए । उनको जन्म इस्वी सम्वतको तेश्रो शताब्दीमा भएको मानिन्छ ।

त्यस समयका शासक "क्लाउडियस II" ले तत्कालिन समयमा अाफ्नो राज्यमा विवाह नै निषेध गरे । विवाहले पुरूषलाइ कमजोर बनाउने हुदाँ अाफ्नो सेना कमजोर बन्न नदिने उनको धारणा थियो । सोहि समयमा भ्यालेन्टाइनले भित्रभित्रै जोडिहरू मिलाउँदै विवाह गरिदिने गर्न थाले । जब शासकले उनको बारेमा थाहा पाए, तब उनलाइ मृत्युदण्डको सजाय सुनाइयो । मृत्युदण्डको दिन सम्मका लागि जेल बस्दा भ्यालेन्टाइनको जेलकै छोरीसँग प्रेम सम्बन्ध रहन पुग्यो । र भ्यालेण्टाइनले प्रेम पत्र अाफ्नी प्रेमीका लाइ दिए, जसमा लेखिएको थियो, "Yours Valentine" अर्थात "तिम्रो भ्यालेण्टाइन" र त्यो दिन थियो १४ फेब्रुअरी ; त्यसै दिन बेलुकी उनको मृत्युदण्डको समय पनि थियो ।

यु-19 क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित, छैटाैं स्थानमा चित्त बुझाउनु पर्ने

ICC U-19 World Cup 2016 मा पाँचाै स्थानका लागि अाज भएको खेलमा नेपाल पाकिस्तानसँग १२२ रनले
हारेको छ । टस जित्दै पहिला बलिङ रोजेको नेपालले शुरूवाती अोभरमा अत्यन्तै लोभलाग्दो शुरूवात गरे पनि पछि लय समात्न नसक्दा २५८ रन खान पुगेको थियो । पाकिस्तानका लागि हसन मोसिनले सर्वाधिक ११७ रन बनाए । नेपालका सन्दिप लामिछानेले ३, अारिफ सेक र दिपेन्द्र एेरीले २/२ र सन्दिप कँडेलले १ विकेट लिए।

जवाफमा ब्याटिङमा उत्रेको नेपालले ४३.५ अोभरमा सबै विकेट गुमाउँ
दै मात्र १३६ रन बनाउन सफल भयो । नेपालका लागि प्रेम तामाङले सर्वाधिक ६५ रनको योगदान दिए । पराजयसँगै नेपाल यु-१९ विश्वकपमा छैटाैं भएर फर्कदैं छ ।
भुटान र बंगलादेश बराबरी खेलेपछि नेपाल यु-२३ सागको सेमिफाइनलमा प्रवेश

भुटान र बंगलादेश बराबरी खेलेपछि नेपाल यु-२३ सागको सेमिफाइनलमा प्रवेश

नेपाल यु-२३ फुटबल टोलि १२ अाैं दक्षिण एसियाली खेलकुद (साग) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अाज भएको बंगलादेश यु-२३ र भुटान यु-२३ बिचको खेल १-१ को बराबरीमा सक्किए पछि नेपाल अाज खेल नखेली सेमिफाइनलमा प्रवेश गरेको छ ।

समुह चरणमा नेपालले अब बंगलादेश यु-२३ सँग खेल्न बाँकि छ, जसले समुह बी को बिजेता छनाेट गर्ने छ ।
भारतले नेपाललाई फिर्ता गर्यो मिचेको ९६ रोपनी भूमि

भारतले नेपाललाई फिर्ता गर्यो मिचेको ९६ रोपनी भूमि

भारतद्वारा लामो समयदेखि अतिक्रमित पर्साको ठोरीस्थित ९६ रोपनी नेपाली भूमि अन्ततः नेपालले फिर्ता पाउने भएको छ । ८३ र ८४ सीमा स्तम्भ साबिककै स्थानमा गाड्न भारत सरकार राजी भएपछि १२ एकड अर्थात् ९६ रोपनी नेपालको जमिन विधिवत् रुपमा आफ्नै स्वामित्वमा आउने भएको हो ।
नेपाल र भारतबीच मुख्य विवादित क्षेत्रमा पर्साको ठोरी, नवलपरासीको सुस्ता, दार्चुलाको कालापानीलगायत पर्छन् । ठोरी गाविसमा पर्ने ती दुई सीमा स्तम्भ नेपालकै प्रस्तावमा पुरानै स्थानमा गाढ्न भारतीय पक्ष राजी भएपछि संयुक्त सीमा सर्भेका क्रममा नेपाल र भारतबीच स्थानीय स्तरमा जेठ अन्तिम साता त्यस विषयमा हस्ताक्षर भइसकेको जानकारी नापी विभागका एक उच्च सरकारी अधिकारीले दिए ।
News taken from: Medianp 

यस्तो छ सामसङ्गको हेडक्वार्टरः सामसुङ्ग डिजिटल सिटि

कोरियाको राजधानी सियोलबाट दक्षिण तर्फ करिब २० माइलको दुरीमा एउटा शहर नै छ, जसलाइ सामसुङ्ग डिजिटल सिटि भनिन्छ । वास्तवमा यो शहर नै भने होइन । यो त विश्व प्रख्यात सामसङको एरिया हो, जहाँ दैनिक हजाराैं मानिसहरू अत्याधुनिक प्रविधिको विकासका लागि अाउँछन् । अाउनुहोस यसको अनाैठो लाग्दा विभिन्न १० तथ्यहरू हेराैंः

१. यसको क्षेत्रफल करिब ३९० एकड छ, जसमा करिब ३५,००० कर्मचारी दैनिक कामका लागि अाउँछन् । यहाँ ३८ तल्ला सम्मको ४ वटा ठुला ठुला विल्डिङ छन् । १३१ अन्य साना विल्डिङहरू पनि छन् ।

२. यहाँ स्वास्थ्य सम्बन्धि सम्पूर्ण सेवाहरू निशुल्क छ ।

३. ग्यालेक्सी फोनको अन्तिम परिक्षणका लागि प्रयोग हुने च्याम्बर



४. अाफ्नै प्रयोजनका लागि प्रयोगका निमित्त हेलिप्याडको समेत व्यवस्था छ ।

५. ५०० सुविधायुक्त बसबाट १०३ विभिन्न ठाउँहरूमा अाफ्ना कर्मचारीहरूको अावत जावतको लागि व्यवस्था गरिएको छ ।


६. अाफ्ना ३५ हजार कर्मचारी काममा हुदाँ उनीहरूको बालबच्चाको हेरचाहका लागि छुट्टै मन्टेश्वरीको व्यवस्था गरिएको छ । जहाँ हाल १५० भन्दा बढि शिक्षक शिक्षिका र करिब ९०० बालबच्चा छन् ।


७. उत्पादन र गुणस्तरका लागि  इन्जिनियर, डेभलपर, डिजानर हरू अाफ्नो समयानुकुल रूपमा बेलुकी ६ बज्न भन्दा पहिला जुन सुकै समयमा पनि अफिस अाउन सक्छन् । सामसङले यसलाइ WORK SMART नाम दिएको छ ।

८. कर्मचारीहरूको फुर्तिका लागि ३० फिट अग्लो climbing wall सामसङको डिजिटल सिटि भित्रै छ ।

९.  सिटिको एउटा विल्डिङमा मात्र १० वास्केटवल कोर्ट, ४ ब्याटमिण्टन कोर्ट र २ बेसबल डायमण्डको व्यवस्था गरीएको छ ।

१०.  सामसङ सिटि भित्रै सँग्रहालयको व्यवस्था गरिएको छ, जसलाइ Samsung Innovationn Museum भन्ने गरिन्छ । यसमा विगत २७० वर्ष देखिका technological evolution सम्बन्धि original डिभाइस हरू राखिएका छन् ।

सुशील कोइरालाको निधन रहस्यमय ! भाञ्जा र निजी चिकित्सकको बयान बाझियो

सुशील कोइरालाको निधन रहस्यमय ! भाञ्जा र निजी चिकित्सकको बयान बाझियो


काठमाण्डौ । गम्भीर बिरामी परेका खबर पनि नसुनिएको, हिँड्न, डूल्नसक्ने अवस्थाका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित निधनको खबरले अहिले सबैलाई शोकभन्दा बढी आश्चर्यमा पारेको छ । कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको बयान सुन्ने हो भने धेरैले अनुमान लगाउन सक्छन, कोइरालाको निधन जति आश्चर्यमिश्रित बन्यो, उति नै रहस्यमय पनि । अझ कोइरालाको शवको फोटो जसरी सामाजिक सञ्जालमा भाइरल बन्यो र उनको टाउकोमा चोट लागेको र सिरकमा रगत देखियो, त्यसपछि अहिले सामाजिक सञ्जालमा कोइरालाको अप्रत्यासित निधनको बिषयमा अनेकन शंका र टिकाटिप्पणी सुरु भएको छ ।    अशोक नामका एक व्यक्तिले सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाको शवको तस्विर पोष्ट गर्दै सिरकमा रगत लागेको र निधारमा समेत चोट देखिएको बिषयमा गम्भीर प्रश्न उठाए । त्यसपछि उनलाई समर्थन गर्दै शंका गर्नेहरु निकै धेरै निस्किए । सामाजिक सञ्जालमा उठेका तर्क वितर्क र शंका उपशंकाहरुलाई हेर्ने हो भने सुशील कोइरालाको अचानकको मृत्युको खबरलाई कसैले सहजै स्वीकार नगरेका देखिन्छ । अहिले सबैको मनमा उस्तै उस्तै प्रश्नहरु उठेका छन्–‘मृत्युकै मुखमा पुग्ने गरी गम्भीर हुँदा समेत सुशील कोइरालालाई किन अस्पताल लगिएन ? केही दिनदेखि निमोनियाबाट साच्चिकै ग्रसित थिए भने उनलाई राम्रो हेरचाह किन भएन ? उनले ओडेको सिरकमा कसरी रगतको ताजा टाटा देखियो ? निधारमा कसरी चोट लाग्यो ?’ स्मरणीय छ, उनका निजी चिकित्सक, परिवारजन तथा भा    ञ्जाले रगतको टाटा र निधारको चोटको बिषयमा कुनै पनि कुरा बाहिर ल्याएका छैनन् । अचेत भएर शौचालय जाने क्रममा लडेर चोट लागेको हो भने पनि त्यो बिषय समेत भनिएको छैन ।     एक चर्चित अनलाइनसँग प्रतिक्रिया दिने क्रममा कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले शनिवारदेखि बढेको चिसोले कोइरालालाई समस्यामा पारेको र त्यस दिनदेखि उनले खाना नै नखाएको बताएका छन् । उनले सोमबार भने बिहान र दिउँसो मज्जाले खाना खाए पनि राति चाहि खान नमानेको बताएका छन् । तर सोही अनलाइनमा कोइरालाका भाञ्जा रमेशले चाहि ‘कोइरालाले सोमबार राति ९ बजेतिर जाउलो खाएका, राति १२ बजेतिर पानी पिएका र सँगै रहेको आफूलाई समेत चिया पिउन भनेको’ बताएका छन् ।   डा. कविरनाथ योगी भन्छन–‘ बेलुकासम्म उहाँ सामान्यरुपमै कुराकानी गरिरहनुभएको थियो । राति साढे ११ बजेसम्म राम्रो होसमा हुनुहुन्थ्यो । साढे ११ बजे उहाँले पिशाब गर्नुभयो । त्यसपछि ‘दिशा गर्छु’ भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम आवाज त्यहि थियो । उहाँले दिशा गर्नुभयो र पल्टिनुभयो । त्यसपछि १२ बजेतिर अचानक खकार वा थूक अड्केको जस्तो ख्वाक्क गर्नुभयो र एकाएक अचेत हुनुभयो । अनि पो हामी सबै आत्तियौं ।’    भाञ्जा रमेशले चाहि ‘१२ बजे मामा(सुशील)ले पानी पिएको’ भनेका छन् । तर चिकित्सकले चाहि १२ बजे नै कोइराला खकार वा थुक अड्केजस्तो गरी एकाएक अचेत भएको कुरा गरेका छन् ।    भाञ्जा रमेशलाई उद्धृत गर्दै लेखिएको छ–‘कोइरालाले सोमबार राति ९ बजेतिर जाउलो खाएका थिए । राति १२ बजेतिर उनले पानी पिए । सँगै रहेका रमेशलाई चिया खान भने । तर, कोइरालालाई गाह्रो भइसकेको थियो । उनको उपचार घरमै भइरहेको थियो । उनले अक्सिजन दिएको, इन्जेक्सन लगाएको देख्दा मलाई के गरेको भनेका थिए । तपाईलाई गाह्रो भयो, त्यसैले भनेपछि पूर्व प्रधानमन्त्री कोइरालाले केही बोलेनन् । परिवारले अस्पताल लैजान चाहेको थियो । तर, गाडीमा अक्सिजन नभएकाले एम्बुलेन्स बोलाउने तयारी भइरहेको थियो । सँगै रहेका भान्जा रमेशका अनुसार अन्तिम सास लिनुभन्दा केही अघि उनी निदाए जस्तो गरे । त्यसपछि उनले सदाका लागि विदा लिए ।’   निजी चिकित्सले कोइरालालाई ‘पाँच दिनदेखि अक्सिजनमा राखिएको’ भनेका छन् । अक्सिजनमा राखिएको पूर्व प्रधानमन्त्री र देशकै ठूलो पार्टीको सभापतिजस्तो प्रतिष्ठित व्यक्तिको स्वास्थ्य ५ दिनदेखि नै बिग्रिएको हो र उनलाई अक्सिजनमा राखिएको थियो भने त्यो कुराको बिषयमा कार्यकर्ता र सर्वसाधारणलाई किन जानकारी दिइएन ? यो  पनि रहस्यमय बिषय बनेको छ ।    अर्कोतर्फ अक्सिजनमा राखिएको व्यक्तिको स्वास्थ्य जुनसुकै बेला खराब हुनसक्ने सामान्य अनुमान सबैलाई हुन्छ । भाञ्जा रमेशले मामाको अवस्था नाजुक बनेपछि अस्पतालतर्फ लैजान खोज्दा अक्सिजनसहितको एम्बूलेन्स नपाइएको बताएका छन् । निवर्तमान प्रधानमन्त्री र देशकै ठूलो पार्टीको सभापतिको स्वास्थ्य बिग्रदा अक्सिजनसहितको एम्बूलेन्स पाइएन भन्ने रमेशको बयान आफैंमा रहस्यमय र हास्यास्पद छ ।    सभापति कोइरालाको अप्रत्यासित निधनको खबरप्रति अपराध बिटमा काम गर्ने राष्ट्रिय दैनिकका पत्रकारहरुले समेत शंका गरेका छन् । अन्नपूर्णपोष्टमा लामो समयदेखि अपराध बिटमा कार्यरत सुवास गोतामेले फेसबुक स्टाटस पोस्ट गर्दै लेखेका छन्–‘कुरो खोजको विषय छ । पुर्व प्रधानमन्त्री सुशील कोइरालाको राति मृत्यु भयो । उनलाई किन अस्पताल लगिएन ? कि उनको रेखदेख पुगेन । कि अस्पताल लैजान आवश्यक ठानिएन। बिरामी थिए भने किन समयमा अस्पताल पुर्याइएन? यो खोजिको अनुसन्धानको बिषय छ। अकस्मात भित्र कुनै षड्यन्त्र त छैन? शंका गर्न सबैलाई छुट छ ।’

News Copied from:
 www.bizshala.com

स्व. कोइरालाको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने, भोलि सार्वजनिक बिदा

काठमाडौं, माघ २६– मन्त्रिपरिषदको केहिबेर अघि सम्पन्न आकस्मिक बैठकले दिबंगत कांग्रेस सभापति तथा पूर्वप्रधनमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बुधबार सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ । कोइरालाको भोलिमात्रै अन्त्येष्टि गर्ने कांग्रेसको केन्द्रिय समितिको आकस्मिक बैठकले निर्णय गरिसकेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले स्वदेश तथा विदेशमा रहेका सरकारी नियोगका झण्डा तीन दिन सम्म आधा झुकाउने निर्णय समेत बैठकले गरेको छ यसैगरि विदेशस्थित कुटनीतिक नियोग तथा राजदूताबासहरुमा शोक पुस्तिका राख्ने  पनि बैठकले निर्णय गरेको छ ।

News taken from Ratopati.com