यु-19 क्रिकेट विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित, छैटाैं स्थानमा चित्त बुझाउनु पर्ने

ICC U-19 World Cup 2016 मा पाँचाै स्थानका लागि अाज भएको खेलमा नेपाल पाकिस्तानसँग १२२ रनले
हारेको छ । टस जित्दै पहिला बलिङ रोजेको नेपालले शुरूवाती अोभरमा अत्यन्तै लोभलाग्दो शुरूवात गरे पनि पछि लय समात्न नसक्दा २५८ रन खान पुगेको थियो । पाकिस्तानका लागि हसन मोसिनले सर्वाधिक ११७ रन बनाए । नेपालका सन्दिप लामिछानेले ३, अारिफ सेक र दिपेन्द्र एेरीले २/२ र सन्दिप कँडेलले १ विकेट लिए।

जवाफमा ब्याटिङमा उत्रेको नेपालले ४३.५ अोभरमा सबै विकेट गुमाउँ
दै मात्र १३६ रन बनाउन सफल भयो । नेपालका लागि प्रेम तामाङले सर्वाधिक ६५ रनको योगदान दिए । पराजयसँगै नेपाल यु-१९ विश्वकपमा छैटाैं भएर फर्कदैं छ ।


EmoticonEmoticon