पोखराका यौनकर्मीको कमाई : मासिक २० हजारदेखि पाँच लाखसम्म

पोखराका यौनकर्मीको कमाई : मासिक २० हजारदेखि पाँच लाखसम्म

पोखरा फागुन १९– बाध्यता, प्रलोभन, आवश्यकता लगायतका विविध कारणले चाहेर वा नचाहेर यौन कार्यमा लाग्नेहरु कमाईको हिसावमा कति अघि होलान् ? पेशागत रुपमा यौन कर्ममा लागेका र केहि समयको आवश्यकतापूर्तिका लागि यस्ता कृयाकलापमा सहभागि भएका महिला तथा पुरुषहरु पोखरामा पनि छन् । यौन अखडाको रुपमा चिनिएको पोखराको बाग्लुङ बसपार्कबाट यो ब्यवसाय हटाएपछि अहिले पोखराका बिभिन्न स्थानमा छरिएको छ । पोखराका होटल , रेष्टुरेण्ट सम्पर्क स्थापित गर्ने थलोका रुपमा प्रयोग गरी आसपासको गाविस वा जिल्लासम्म गएर यौन कार्य गर्ने गरेको तथ्य सार्वजनिक भएका छन् । 

sex

थ्रि एन्जल्स नेपालको सहयोगमा महिला उत्थान तथा जागरण केन्द्र कास्कीले लामो समयको अनुसन्धानपछि सार्वजनिक गरेको प्रतिवेदन अनुसार पोखराको हेमजा, लामाचौर, भलाम, चापाकोट, पामे, सराङकोट, कास्कीकोट, ढिकुरपोखरी, लुम्ले लगायतका स्थानमा यौन गतिविधि हुने गरेका छन् । संस्थाले गरेको अध्ययन अनुसार यौन ब्यवसायमा लाग्ने यौनकर्मीले महिनामा २० हजारदेखि पाँच लाख सम्म कमाउँछन् । पोखरा उपमहानगरपालिकाको वडानम्बर १ देखि १८ सम्म गरिएको अध्ययन अनुसार ३० देखि ४० हजार मासिक कमाउने यौनकर्मीको संख्या बढी छ । जम्मा ३८० जना यौनकर्मीमा गरिएको अध्ययनमा ३० देखि ४० हजार सम्म महिनामा कमाउछु भन्नेको संख्या ३३ प्रतिशत छ । त्यस्तै २० हजार भन्दा कम कमाउने २१ प्रतिशत, २० देखि ३० हजार मासिक कमाउने १४ प्रतिशत छ भने ४० देखि ५० हजार मासिक आम्दानी गर्ने यौनकर्मीहरु २१ प्रतिशत भन्दा बढी छन् । संस्थाका अनुसार ५० हजार देखि ७५ हजार आम्दानी गर्नेको संख्या ५.७ प्रतिशत रहेको छ भने ७५ हजार भन्दा बढी कमाउनेको संख्या ३.७ रहेको छ । अध्ययनको क्रममा कुराकानीको दायरामा आएका केहिले महिनामा चार देखि पाँच लाख सम्म कमाउने गरेको समेत बताएका थिए । उनिहरु मध्ये कमाएको पैसा वचत गर्ने भन्दा ब्यक्तिगत रुपमा खर्च गर्नेको संख्या अत्याधिक छ । संस्थाले अध्ययनको क्रममा कमाएको पैसा के गर्नुहुन्छ भनी सोधेको प्रश्नमा ९१.५ प्रतिशतले आफ्नै खर्च टार्ने जवाफ दिएका थिए । त्यस्तै यौन कार्यबाट प्राप्त आम्दानीबाट पारिवारिक खर्च टार्नेहरु दोस्रो नम्बरमा छन् भने केहिले बैंक डिपोजिट गर्ने गरेको भेटिएको छ । कतिपय यौनकर्मीले विलासिताका वस्तुहरु तथा दैनिक उपभोग्य सामाग्रीहरु ग्राहकलेनै खरिद गरिदिने पनि बताएका छन् । २० हजार भन्दा कम आम्दानी गर्ने यौनकर्मीहरुको ५० प्रतिशत आम्दानी ग्राहक मिलाईदिने होटल , रेष्टुरेण्ट वा ब्यक्तिले लिने र ५० प्रतिशत मात्रै पाउने गरेको अध्ययनको क्रममा भेटिएको छ । पोखरा उपमहानगरपालिकाका १८ वडा भित्र तीन सय महिला, ५० पुरुष र ३० तेस्रोलिङ्गीमा यो अध्ययन गरिएको थियो । महिला यौनकर्मीमध्य कतिपयले दिनमा १२ पटक सम्म यौन सम्पर्क स्थापित गरेको बताएका थिए । कतिपय पुरुष ग्राहकसँग देश, विदेश घुम्न जाने र सिमित ब्यक्तिहरु सँग मात्रै सम्पर्क स्थापित गर्ने गरेको समेत भेटिएको छ । कतिपय पुरुषहरु महिलाको यौन ईच्छा पुरा गरिदिएर मनग्य आम्दानी गरी बसेको समेत भेटिएको छ । संस्थाका अध्यक्ष गिता कुमारी पौडेलले अध्ययनको क्रममा थुप्रै चुनौतीहरु आएको र प्रतिवेदन सार्वजनिक नगर्न दवावसँगै ज्यान मार्ने धम्की सम्म आएको बताइन् । प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले सबै क्षेत्रको सहयोग र सहकार्यले पोखरालाई निश्कलंकित बनाउने अभियानमा लागेको बताईन् । सचिव चमेली खातीका अनुसार सन् २०१४ देखि जारी अध्ययनको क्रममा यौनकर्मीको पारिवारिक अबस्था, शैक्षिक अबस्था, यौनकर्मीको पहुँच, आम्दानी र त्यसको परिचालन लगायतका विविध विषयलाई केन्द्रित गरिएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले पोखराबाट यौन ब्यवसाय निर्मुल पार्ने प्रतिवद्धता जनाए । उनले यौन व्यवसायको बिरुद्ध विभिन्न संघसंस्थाको सहकार्यमा विशेष अपरेशन समेत सञ्चालन गर्ने दावि गरेका छन् । यौनर्कीसँग सम्पर्क स्थापित गर्ने प्रहरी भेटिमा तत्काल जागिरबाट निकाल्ने उनले चेतावनी दिए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु संलग्नता रहेको थियो ।

Ratopati
१७ वर्षको उमेरमै दुई वटा डिग्री, नासामा जागिर

१७ वर्षको उमेरमै दुई वटा डिग्री, नासामा जागिर

moshe-kai-cavalin
१७ वर्षको उमेरमा प्रायः मानिसहरुले आफ्नो लक्ष्य र योजना तयार गरिसकेको हुन्नन् । उनीहरु यति बेला पढाई गर्दै, रमाइलो गर्दै समय बिताइरहेका हुन्छन् । तर अमेरिकाका मोसे काई काभालिनले भने कलिलो उमेरमै आफ्ना धेरै सपना साकार पारिसकेका छन् । क्यार्लिफोनियाका मोसेसँग दुईवटा डिग्री छ । उनी नासामा काम गर्छन् र उनले पुस्तक पनि निकालिसकेका छन् । उनी पाइलटको लाईसेन्स समेत लिदैँछन् । मोसे आफ्नो जीवन सधैँ कम उमेर हासिल गरेको लोभलाग्दो प्रगतिका कारण चर्चामा रहन्छन् ।


उनले ८ वर्षको उमेरमै इस्ट लस एन्जलस कलेजमा भर्ना भएका थिए । अमेरिकामा उनी कलेज पढ्ने सबैभन्दा कान्छो विद्यार्थी हुन् । उनले ९ वर्षको उमेरमै स्नातक पास गरे । उनले ९ वर्षकै उमेरमा आफ्नो आत्मकथा लेखेका थिए । उनलाई एउटै मात्र कलेज डिग्रीले पुगेको थिएन । त्यसैले १५ वर्षको उमेरमा गणिततर्फ स्नातक गर्न भर्ना भए । उनी तेस्रो डिग्री हासिल गर्नका लागि समेत यसै वर्षबाट तयारी थाल्दैछन् ।
moshe-kai-cavalin3

उनले बोस्टनको एक विश्वविद्यालयबाट साइबर सेक्युरिटीमा मास्टर्स डिग्री गर्ने सोच बनाएका छन् । तर उनी केही साता नासामा काम गर्दैछन् । उनी डोन र विमान विकास गर्ने परियोजनामा छन् । यति मात्रै होइन उनले १७ वर्षको उमेरमा आफ्नो अनुभवमा आधारित नयाँ पुस्तक निकालिसकेका छन् । विमान उडाउन सिकिसकेका मोसे यसै वर्षको अन्त्यमा पाइलटको लाईसेन्स लिनेमा छन् । उनी मार्सल आर्टस्का समेत राम्रा खेलाडी हुन् । अहिलेसम्म उनले दर्जनौँ टफी जितिसकेका छन् । शृंखलावद्ध सफलताका बाबजुद उनी आफूलाई जिनियस मान्न भने तयार छैनन् । उनी भन्छन्, मेरो केश कुनै दुलर्भ केस होइन । यो सफलता आर्कषण र प्रेरणाको परिणाम मात्रै हो । म अरुसँग तुलना हुनभन्दा आफैँ केही राम्रो गर्न चाहन्छु । मोसेका बाबुआमा उनी सानैदेखी जिज्ञासू स्वभावको रहेको बताउँछन् । मोसेका गणित शिक्षक क्षमताभन्दा पनि उनको मेहिनत गर्ने बानी महत्वपूर्ण रहेको बताउँछन् । भन्छन्, धेरैले सोच्छन् उनीमा यो क्षमता प्राकृतिक रुपमै आयो । तर त्यस्तै होइन अहिलेसम्म मैले पढाएका विद्यार्थीमध्ये उनी सबैभन्दा धेरै मेहिनत गर्ने विद्यार्थी हुन् ।

News Taken from Ratopati