स्व. कोइरालाको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने, भोलि सार्वजनिक बिदा

काठमाडौं, माघ २६– मन्त्रिपरिषदको केहिबेर अघि सम्पन्न आकस्मिक बैठकले दिबंगत कांग्रेस सभापति तथा पूर्वप्रधनमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बुधबार सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ । कोइरालाको भोलिमात्रै अन्त्येष्टि गर्ने कांग्रेसको केन्द्रिय समितिको आकस्मिक बैठकले निर्णय गरिसकेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले स्वदेश तथा विदेशमा रहेका सरकारी नियोगका झण्डा तीन दिन सम्म आधा झुकाउने निर्णय समेत बैठकले गरेको छ यसैगरि विदेशस्थित कुटनीतिक नियोग तथा राजदूताबासहरुमा शोक पुस्तिका राख्ने  पनि बैठकले निर्णय गरेको छ ।

News taken from Ratopati.com
First


EmoticonEmoticon