नेहाको सामुहिक बलत्कार पछि हत्या भएको हो – आफ्न्त

सागर राज तिमिल्सिना, पोखरा, २७ माघ । नेहा भन्ने योरुना पुनका आफ्न्तले उनको हत्यामा अन्यको पनि संलग्न हुनसक्ने आसंका गरेका छन् । पुन समाज नेपाल नगर समिति पोखराले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी नेहाको बलत्कार पछि हत्या भएको बताएका छन् ।

नेहाका मामा यमप्रसाद थजाली पुनले नेहाको बलत्कार पछि हत्या भएको हुन सक्ने भन्दै छानवीनको माग गरेका छन् । ‘मृत्तको पाइन्ट र पेन्टी खोलेको अवस्थामा भेटिएको थियो,’ नेहाका मामा यमप्रसाले भने, ‘यस्तो अवस्थामा भेटीनुले सामुहीक बलत्कार पछि हत्या भएको हुनुपर्छ ।’ उनले घनटाको पुर्ण रुपमा छानविन गरि दोशीलाई कडा कार्वाही गर्न माग गरे । पत्रकार सम्मेलनमा पुन समाज नेपालका उपाध्यक्ष खेमन पुनले घटनको पुर्ण रुपमा छानविन भए कडा अन्दोलन गर्ने चेतावनी दिए ।


समाजले नेहाको पोष्ट मार्टम रिर्पोट सार्वजनीक गर्नु पर्ने, घटनाको सुस्म तबरले छानविन गर्नु पर्ने, अनुसन्धान पछि थप अभियुक्त पक्राउ गरी सार्वजनिक गर्नु पर्ने, घटना स्थलमा भेटिएका कपडा र थप सामानको अनुसन्धान र परिक्षण गर्नु पर्ने, माग राखेका छन् । विहिबार समाजको नेतृत्वमा शान्तिपूर्ण दवाब मुलक ¥याली निकाल्ने भएको छ ।
¥याली पोखराको चिप्लेढुंगाबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय, पालिखे चोक, महेन्द्र पुल, नयाँ बजार, पृथ्वीचोक, सृजनाचोक हुदै जिल्ला प्रशासन कार्यालय अगाडी कोष सभा हुने समाजका अध्यक्ष चन्द्रबहादुर पुनले जानकारी दिए ।
कास्की प्रहरीले नायिका नेहा पुन हत्यामा संलग्न रहेको भन्दै पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्कीलाई पक्राउ गरेको छ । नेहाको १८ गते पोखरा १५ नयाँगाउँमा उनकै घर नजिक हत्या भएको थियो ।

News taken from Jukson.com


EmoticonEmoticon